समाचारसोमबार, भाद्र १०, २०७०

अधिकारी दम्पत्तीको जीवन रक्षाको पहल गर्न अपिल

हिमालखबर

अधिकारी दम्पत्तीको स्वास्थ्यस्थिति अत्यन्त नाजुक भएपछि समितिले १० भदौमा राजधानीमा पत्रकार सम्मलेन गरेर उनीहरूको जीवन बचाउन आग्रह गरेको हो । तत्कालिन माओवादीद्वारा २०६१ सालमा चितवनमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान हुनु पर्ने माग गर्दै अनसनमा बसेका अधिकारी दम्पत्तीको हातको नसा सुकिसकेकोले गर्धनको नसाबाट सलाइन दिनुपर्ने अवस्था आइसकेको छ । उनीहरूको स्वास्थ्यमा गम्भिर बन्दै गएपछि वीर अस्पतालका चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।

जवाफदेहीता निगरानी समितिका सदस्यहरुले अधिकारी दम्पत्तीको विग्रँदो स्वास्थ्य अवस्थाको जिम्मेवारी उच्चस्तरीय राजनीतिक समिति र खिलराज रेग्मी नेतृत्वको सरकारले लिनुपर्ने बताए । वीर अस्पतालको विशिष्ट कक्षमा उपचाररत अधिकारी दम्पत्तीसँग सञ्चारकर्मीलाई समेत भेट्न नदिएको विषयमा समेत उनीहरूले विरोध जनाएका छन् ।

कार्यक्रममा अधिकारकर्मी चरण प्रसाईले अनसरत तोडेर फरक तरिकाले न्यायको लडाई जारी राख्नु पर्ने धारणा राखे । उनले भने, “संघर्षका लागि जीवन अनिवार्य छ ।” अर्का अधिकारकर्मी कनकमणि दीक्षितले अनसन बस्ने स्वास्थ्यस्थिति अत्यन्त नाजुक हुँदा समेत सरकारले वेवास्ता गरेको बताए ।

राजधानीमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरू । तस्वीरः देबकी विष्ट/हिमालखबर

प्रहरीले स्पष्ट कानुनी अधिकार र दायित्वसहितको निर्देशन माग्दा पनि महान्याधिवक्ता कार्यालय लगायत सरकारबाट स्पष्ट निर्देशन पाउन नसकेको समितिद्वारा जारी विज्ञप्तिमा छ । कृष्णप्रसाद अधिकारीको हत्या गम्भिर प्रकृतिको भएकाले तत्काल अनुसन्धान अगाडि बढाउनु पर्ने समितिको ठहर छ । विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतले यस्तै गम्भिर प्रकृतिका घटनाको अनुसन्धानलाई अगाडि बढाउन बारम्बार दिएको आदेश, संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले प्रकट गरेको सरोकार र राष्ट्रिय मानवअधिकार आयोगले दिएको निर्देशनबाट पनि यस्तो विषय दण्ड उन्मुक्तिको कोटीमा पर्दैन भन्ने कुरा प्रष्ट भएकै छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>