समाचारमंगलबार, भाद्र ११, २०७०

कोसी अञ्चल अस्पतालमा सेवा सुचारु

हिमालखबर

चार दिनअघि सिरहा लक्ष्मीपुरकी गर्भवती अजमा परविनको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको आरोप लगाउँदै मृतकका परिवारले अस्पतालका चिकित्सकमाथि हातपात गरेपछि ९ भदौमा कोसी अञ्चल अस्पतालका ३८ चिकित्सकले सामूहिक राजीनामा दिएका थिए । चिकित्सकहरुको राजीनामापछि अस्पतालको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द थिए ।

चिकित्सकलाई सुरक्षाको प्रत्याभूति दिने तथा प्रसूति सेवामा थप चिकित्सक पठाउने लगायत विषयमा गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिबद्धता जनाएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर चिकित्सक काममा फर्किएको अस्पतालका निर्देशक डा उमाकान्त झाले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>