समाचारमंगलबार, भाद्र ११, २०७०

लडाकुलाई सेनामा समायोजन गर्नुहुन्नथ्योः विजुक्छे

हिमालखबर

नेपाली सेनाको आधारभूत तालिम पुरा गरेका ७० पूर्व लडाकुले औपचारिक रुपमा अधिकृतको जिम्मेवारी सम्हालेको भोलिपल्ट नेता विजुक्छेले यस्तो धारणा राखेका हुन । राजधानीमा ११ भदौमा मार्टिन चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “भारतमा तालिम लिएका लडाकुलाई सेनामा समायोजन गर्नुहुन्नथ्यो ।”

लडाईका बेला आठ वर्ष भारतमा बसेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको शान्ति प्रक्रियामा आएपछि सेनाको संख्या १० हजारमा झार्नु पर्छ भन्ने भनाईलाई गम्भिर रूपमा लिनुपर्ने नेता विजुक्छेको भनाई थियो ।

‘नेपालको सार्वभौमिकता र वैदेशिक हस्तक्षेप’ विषयक कार्यक्रममा बोल्दै विजुक्छेले बाहिर हस्तक्षेप बढ्दै गएकाले मुलुकको सार्वभामिकता कमजोर भएको बताए । राजनीतिक दलका नेताहरू मात्रै नभएर सरकारी अंग समेत राष्ट्रियताको विषयमा विभाजित भएको उनको दाबी थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>