समाचारबुधबार, भाद्र १२, २०७०

ट्रेड युनियन कांग्रेसमा दाहाल बिजयी

हिमालखबर

नेपाल ट्रेड यूनियन कांग्रेसको पाँचौ महाधिवेशनबाट नेता शेरबहादुर देउवा निकटका खिलनाथ दाहाल संस्थापन खेमाका पुष्कर आचार्यलाई ६५ मतले पछाडि पारी अध्यक्षमा बिजयी भएका छन् ।

चितवनको सौराहामा जारी महाधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा रामजी कुँवर, महिला उपाध्यक्षमा रमा पौडेल, उपाध्यक्षद्वयमा अयोध्या यादव र गणेश निरौला तथा महासचिबमा महेन्द्र यादव र उपमहासचिबमा केदार कोइराला निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिबमा संस्थापन खेमाका नेताहरु बिजयी भएका छन् ।

निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बस्नेत २०४७ को परिवर्तनपछि लगातार २३ बर्ष ट्रेड युनियन कांग्रेसको अध्यक्ष रहेका थिए

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>