समाचारबिहीबार, भाद्र १३, २०७०
उद्योग वाणिज्य संघका अध्यक्ष मृत फेला
सर्लाही सदरमुकाम मलंगवास्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सडक खाल्डोमा ज २ प ४७२१ नम्बरको मोटरसाइकलले थिचिएको अवस्थामा राति सवा १२ बजे प्रहरीले अग्रवाललाई फेला पारेको थियो ।
तत्कालै अस्पताल पु¥याइएका अग्रवाललाई चिकित्सकले मृत्यू भैसकेको पुष्टी गरेका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ भने मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ ।
१३ भदौमा उद्योग बाणिज्य संघ मलंगवाको साधारणसभा आयोजना गरिएको थियो । अध्यक्ष अग्रवालको निधनपछि साधारणसभा स्थगित भएको छ भने शोकमा मलंगवा बजार बन्द छ ।
करिव ५० वर्षीय अग्रवाल तमलोपा नेपाल सर्लाहीका जिल्ला कार्यसमिति सदस्य समेत थिए ।
विश्वनाथ ठाकुर, सर्लाही
