समाचारबिहीबार, भाद्र १३, २०७०

राष्ट्रपतिलाई सहजकर्ता बन्न माओवादीको आग्रह

हिमालखबर

नेकपा–माओवादीका सचिव देब गुरुङ नेतृत्वको मोर्चा टोलीले १३ भदौमा राष्ट्रपति रामवरण यादवलाई भेटेर संविधान सभाको निर्वाचन हुनुअघि दलहरुको गोलमेच सम्मेलन जरुरी रहेको भन्दै सम्मेलनका लागि सहजकर्ता बन्न आग्रह गरेको छ ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा–माओवादीका सचिव देव गुरुङले चार दलले एकतर्फी रुपमा वार्ता भंग गरेको दाबी गर्दै यस्तो क्रियाकलापले मुलुकलाई थप द्वन्द्वमा लैजाने बताए ।

गुरुङले राजनीतिक सहमतिमार्फत नै आफूहरु समस्या समाधानको पक्षमा रहे पनि चार राजनीतिक दलले वार्ताको पहल नगरेको आरोप लगाए । सरकार पनि समस्या समाधानका लागि उदासिन रहेको उनको आरोप थियो ।

चार राजनीतिक दल र सरकारले एकपक्षीय ढंगबाट निर्वाचनको कार्यक्रम अघि बढाए त्यसको सशक्त प्रतिरोध गर्ने भन्दै गुरुङले दलहरु जानाजान मुलुकलाई द्वन्द्वमा धकेल्न उद्यत रहेकोे आरोप पनि लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>