समाचारबिहीबार, भाद्र १३, २०७०

भयरहित निर्वाचन हुनुपर्छः अमेरिकी राजदूत

हिमालखबर

१३ भदौमा वीरगञ्ज आएका नेपालका लागि अमेरिकाका राजदूत पिटर डब्ल्यू बोडेले ४ मंसीरका लागि निर्धारित संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुनुपर्ने भन्दै निर्वाचन सफल बनाउन सबै राजनीतिक दल, युवा, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग आवश्यक रहेको बताएका छन् । उनले निर्वाचनमा सबैको सहभागिताका लागि सरकारले उपलब्ध साधनको प्रभावकारी प्रयोग गर्नु पर्नेमा पनि जोड दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत बोडेले भने, “निर्वाचनअघि उम्मेदवार र दलहरुले स्वतन्त्र रुपमा आफ्ना विचार मतदाताहरुसँग बाँडनका लागि उनीहरुको वाक स्वतन्त्रता र भेला हुन पाउने तथा घुमफिर गर्न पाउने स्वतन्त्रततामा आँच पुर्‍याइनु हुन्न ।”

उनले सबै दललाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह पनि गरेका थिए ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>