समाचारशुक्रबार, भाद्र १४, २०७०
कान्तिपथस्थित ज्योति भवनमा आगलागी
१४ भदौ विहान करिब ८ बजे लागेको आगोले ज्योति भवनको मथिल्लो तलामा रहेको नेपाल बैंक लिमिटेड र ग्रान्ड सिटी क्लिनिकमा क्षति पुगेको छ । ५ वटा दमकल र सुरक्षा निकायको सहयोगमा ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको थियो ।
नेपाल बैंक लिमिटेडको कार्यालयबाट शुरु भएको आगोले बैंकका फर्निचर र अन्य सामानमा क्षति पुगे पनि लकर र नगद भने सुरक्षित रहेको बैंक शाखा प्रमुख महेश्वरमान श्रेष्ठले जानकारी दिएका छन् । उक्त भवनको तल्लो तलामा रहेको हिरो होण्डा शोरुमका मोटर साइकलहरुमा पनि क्षति पुगेको छैन ।
ग्राण्डी अस्पतालको सिटी क्लिनिकमा रहेका नर्स र कर्मचारीहरुलाई झ्यालबाट उद्दार गरिएको थियो ।
नेपाल बैंक शाखामा कुनै उपकरण विस्फोट भएर आगो निस्केको अनुमान गरिएको छ । विद्युत प्रसारण बन्द भए लगत्तै आगो लागेकोले यूपीएस पड्केको हुनसक्ने बैंकका सुरक्षा गार्डको अनुमान छ । आगलागीले कान्तिपथ क्षेत्र अस्तव्यस्त बनेको थियो भने यातायात र पसलहरु बन्द थिए ।
आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।
