समाचारशुक्रबार, भाद्र १४, २०७०

राजनीतिक समिति भंग गरः अशोक राई

हिमालखबर

उच्चस्तरीय राजनीतिक समितिमा बहुसंख्यक जनताको प्रतिनिधित्व गर्ने दलहरु नसमेटिएको भन्दै संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले समिति खारेजी र सर्वदलीय सम्मेलनको माग गरेका छन् ।

१४ भदौमा तनहुँको दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले सरकारलाई नै प्रभावमा राखेको संयन्त्रको अस्तित्व रहँदासम्म चुनाव निष्पक्ष नहुने दाबी गरे ।

आफूहरु अहिले पनि सरकारसंग वार्ताको प्रक्रियामा रहेको भन्दै निर्वाचनमा सबैको सहभागिताका लागि राजनीतिक समिति भंग गरी सर्वदलीय सम्मेलन गरिनुपर्नेमा जोड दिए ।

सबै समस्याको निकास निर्वाचन नै हो भन्नेमा सबैको एक मत भए पनि प्रक्रियाका बिषयमा मतभेद रहेको राईको भनाई छ ।

आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी कुनै जाति विशेषको नभै सबै जात र क्षेत्रको प्रतिनिधित्व गर्ने समावेशी पार्टी भएको दाबी गरेका थिए ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>