थप समाचारशुक्रबार, भाद्र १४, २०७०

अफगानिस्तानमा ५७ तालिवानको मृत्यु

हिमालखबर

अफगान सुरक्षाकर्मी र नेटोसँग आवद्ध सैनिकले अफगानिस्तानको बाघलान, कुन्दुज, नान्र्गाहार, कापिसा, सारीपुरी, जावजान, कान्दाहार र हेलमान्डप्रान्तमा गरेको कारवाहीमा ५७ तालिवानी लडाकुको मृत्यु हुनुका साथै चार जना पक्राउ परेका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयले नेटोसहितका सुरक्षा निकायले गरेको कारबाहीको क्रममा ५७ तालिवान सशस्त्र लडाकूको मृत्यु भएको जानकारी दिएको छ । ।

कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहती नभएको र संयुक्त सेनाले विभिन्न हातहतियार कब्जा गरेका छन् ।

अफगानिस्तानमा संयुक्त सेनाले तालिवानी लडाकूविरुद्ध विभिन्न स्थानमा जारी राखेको कारबाहीका क्रममा दिनहुँ त्यहाँका नागरिक हताहति हुने गरेका छन् ।

त्यस्तै १४ भदौ विहान उत्तरी कुन्दुज प्रान्तको आर्चीमा जिल्ला आतङ्ककारीले गरेको आत्मघाती आक्रमण स्थानीय जिल्ला गभर्नरसहित आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा यसअघि नै सबै देशले गरिसकेका छन् ।
सिन्ह्वा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>