समाचारशुक्रबार, भाद्र १४, २०७०
कोइराला र थापाबीच चुनावी एकताबारे छलफल
१४ भदौमा कोइराला निवास महाराजगञ्जमा भएको कांग्रेस सभापति सुशील कोइराला र राप्रपा अध्यक्ष सूर्यबहादुर थापबीच भएको भेटमा आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरु एक भएर भाग लिने विषयमा छलफल भएको छ ।
भेटमा थापाले ४ मंसीरको निर्वाचनमा प्रजातान्त्रिक बिचार बोकेका पार्टीबीच एकता गरेर जानुपर्ने प्रस्ताव राखेका थिए । जवाफमा कोइरालाले लोकतान्त्रिक शक्तिसँग तालमेल गर्न काङ्ग्रेस तयार रहेको बताएको भेटमा सहभागी राप्रपा केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, असन्तुष्ट मोर्चाहरुको माग र सहमतिको प्रयासको बारेमा समेत भेटमा कुराकानी भएको गिरीले बताए ।
