समाचारशनिबार, भाद्र १५, २०७०
एमाओवादीले चुनाव चाहेकै छैनः माओवादी नेता
नवलपरासीको कावासोतीमा १५ भदौमा पत्रकारसँग कुरा गर्दै माओवादी नेता खड्गबहादुर विश्वकर्माले वार्ता र संवादवाटै वर्तमान राजनीतिक संकटको समाधान हुने भएकाले आफूहरु अझै पनि वार्ता र संवादका लागि प्रयासरत रहेको बताएका छन् ।
“कांग्रेसलाई जती एमाओवादीलाई चनाव लागेको छैन,” विश्वकर्माले दाबी गरे, “एमाओवादीले निर्वाचन चाहेकै छैन ।”
ठूला तीन दलभित्रको अन्तरबिरोध र गुठगत स्वार्थले राष्ट्रिय एजेण्डा कमजोर भएको दाबी गर्दै विश्वकर्माले नेकपा– माओवादीले गोलमेच सभाबाटै राजनीतिक निकास खोजेको बताए ।
अहिलेको ‘पोलिटकल कोर्स’ले निकास दिदैन किनकी हामीलाई एक्ल्याइएको छ,” नेता विश्वकर्माले भने, “एउटा हमलाले धक्का नदिएसम्म यो कोर्स परिवर्तन हुँदैन ।”
वार्तालाई चारदलीय संयन्त्रले सकारात्मक रुपमा लिने बित्तिकै जनआन्दोलनको परिवर्तन संस्थागत हुने विश्वकर्माको धारणा छ ।
विद्रोही गिरी, नवलपरासी
