थप समाचारआइतबार, भाद्र १६, २०७०

लागुऔषध र नक्कली पेस्तोल सहित क्राउ

हिमालखबर

पक्राउ परेका सन्तोष गुरुङ र कन्जु लामा र इलाका प्रहरी कार्यलय धरानका प्रहरी निरिक्षक मुकुन्द प्रसाद रिजाल । तस्बीरः सोहन श्रेष्ठ/धरान

१५ भदौ दिउसो ३ वजे पक्राउ परेका युवाहरुलाई १६ भदौमा प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । धनकुटा जिल्ला सिधुवा ६ मा बस्ने २५ वर्षिय कन्जु लामालाई लागुऔषध बोकेर जादै गर्दा धरानमा प्रहरीले पक्राउ परेका हुन भने सन्तोष गुरुङलाई उनको कोठावाट इलाका प्रहरी कार्यलय धरानका सिभिल प्रहरी टोलीले पक्राउ गरेको थियो ।

उनिहरुको साथवाट २७० थान टि टि जेसीक इन्जेक्सन, २ थान नक्कली पेस्तोल, १ थान खुकुरी, १ थान तरवाल, ३ थान मोवाइल, १ थान छुरा र १ थान कैचि वरामद गरेको इलाका प्रहरी कार्यलयका इन्स्पेक्टर मुकुन्द प्रसाद रिजालले पत्रकारहरुलाई जानकारी दिए ।

-सोहन श्रेष्ठ/धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>