समाचारआइतबार, भाद्र १६, २०७०

पौडेलको दाबी: वैशाखमा स्थानीय निर्वाचन

हिमालखबर

कांग्रेस उपसभापति पौडेलले संविधान सभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र संविधानको मस्यौदा तयार गरिने र एक वर्षभित्रै संविधान जारी हुने भन्दै वैशाखमा स्थानीय निकाय निर्वाचन गराउने पक्षमा कांग्रेस रहेको बताएका छन् ।

“विगतको संविधान सभाले धेरै काम गरिसकेको छ,” १६ भदौमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, “नमिलेका विषयमा सकेसम्म सहमति, नसके बहुमत र त्यो पनि नभए जनमत संग्रह गरेर भए पनि संविधान जारी गछौं ।” संघीयता र शासकीय स्वरुप लगायत केही विषयमा मात्रै विवाद हुने पौडेलको भनाई छ ।

उनले भने, “नेकपा—माओवादी लगयातका दलहरु सहभागी नभए पनि ४ मंसीरमा चुनाव हुन्छ, चुनावको गाडी गुड्यो अव रोकिदैंन ।” निर्वाचनमा नेपाली सेनाले समेत सुरक्षा दिनेतर्फ संकेत गर्दै पौडेलले भने, “राष्ट्रिय सुरक्षा अंगलाई सरकारले अनुकुलता हेरेर चुनावमा प्रयोग गर्न सक्छ ।”

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>