थप समाचारआइतबार, भाद्र १६, २०७०

आसाराम बापु पक्राउ

हिमालखबर

तस्वीर: एपी

भारत मध्यप्रदेशको इन्दौरबाट १५ भदौ राति पक्राउ परेका आसाराम बापुलाई १६ भदौ दिउँसो दिल्ली हुँदै राजस्थानको जोधपुर लगिएको छ, जहाँ उनको मुद्दामा सुनुवाई हुनेछ ।

सेतै दाह्री पालेर आध्यात्मिक–धार्मिक प्रवचन दिने आसाराममाथि उनकै छिंदवाड़ास्थित आश्रममा रहेकी १६ वर्षीया किशोरीलाई जोधपुर लगेर यौन शोषण गरेको आरोप लागेको छ । किशोरीमाथि बापुले जोधपुरमा शोषण गरेको उजुरी परेकोले उनलाई जोधपुर ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आसारामको गिरफ्तारीपछि उनका आश्रमहरुमा कडा सुरक्षाको ब्यवस्था गरिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मध्य रातमा प्रहरीले आशारामलाई पक्राउ गर्दा त्यहाँ उनका करिब १५०० अनुयायी रहेको बताइएको छ ।

आसारामका छोरा नारायण साईंले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनका बाबु ‘ट्राइजेमिनल न्यूरेलजिया’ नामक स्नायु सम्बन्धी रोगबाट पीड़ित भएको र जोधपुर जान सक्ने अवस्थामा नरहेको बताएका थिए । तर, चिकित्सहरुले राति नै  स्वास्थ्य जाँच गरी  उनलाई यात्रा गर्दा कुनै अप्ठ्यारो नहुने बताएपछि प्रहरीले नियन्त्रणमा लिई जोधपुर ल्याएको थियो ।

जोधपुर पुगेपछि आसारामले प्रहरी कार्यालयमा जान मानेका थिएनन् उनले प्रहरी कार्यालयमा गएपछि आफू अपवित्र हुने बताएको नवभारत टाइम्सको अनलाई संस्करणले जनाएको छ ।

आसारामसँग सोधपुछ पछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने छ । उनका समर्थकहरुबाट हुनसक्ने संभावित विरोधलाई ध्यानमा राखेर जोधपुर आश्रम खाली गराइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>