थप समाचारसोमबार, भाद्र १७, २०७०
मन्डेला घर फर्किए, अवस्था चिन्ताजनक
नेल्सन मन्डेलाको स्वस्थ्य अवस्था चिन्ताजनक र अस्थिर रहेको भन्दै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले जारी गरेको विज्ञप्तिमा मन्डेलालाई घरमै अस्पतालको जस्तै सघन उपचारको ब्यवस्था गरिएको उल्लेख छ ।
फोक्सोमा सङ्क्रमण देखिएपछि ८ जुनमा ९५ वर्षीय नेता मन्डेलाई अस्पताल भर्ना गरिएको थियो र उनको स्वास्थ्यप्रति विश्वव्यापी रूपमा चिन्ता व्यक्त गरिएको थियो । दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराहरुको एकलौटी शासनका बिरुद्ध संघर्षको नेतृत्व गरेका नोबेल शान्ति पुरस्कार विजेता मन्डेलालाई बिश्वमै सम्मानित नेता हुन् ।
गोराहरुको शासनकालमा २७ बर्षसम्म जेलजिवन विताएका मन्डेलाले आफू सत्तामा आएपछि पनि गोरा समुदायसित मेलमिलापको सिद्धान्त अपनाएका थिए।
मन्डेला र अफ्रिकीहरुको लगातारको संघर्षपछि सन् १९९४ मा मात्रै काला दक्षिण अफ्रिकीहरुले पहिलो पटक मतदान गर्न पाएका थिए।
राष्ट्रपति जुमाले मडिबा (मण्डेलालाई प्रेमपूर्वक बोलाइने उनको खानदानी नाम) र उनका परिवारका लागि आवश्यक गोपनीयताको विषयमा ध्यान दिन पनि आग्रह गरेका छन् ।
एजेन्सी
