समाचारसोमबार, भाद्र १७, २०७०

‘ढिलो भए असन्तुष्टलाई सहभागी गराउन सकिंदैन’

हिमालखबर

४ मंसीरका लागि निर्धारित संविधान सभा निर्वाचनका लागि मतपत्र छपाईलगायतका कामहरु शुरु गर्नुपर्ने बेला भइसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आयोगमा दर्ता नभएका दलहरुलाई आयोगमा दर्ता गरी निर्वाचनमा सहभागी गराउनका लागि उच्चस्तरीय राजनीतिक समिति र सरकारले ढिलो गर्न नहुने प्रष्ट पारेका छन् ।

निर्वाचन आयोगले १७ भदौमा वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै उप्रेतीले आगामी तीनहप्ता भित्रै निर्वाचन प्रयोजनका लागि मतपत्र छाप्न प्रेसमा पठाइने र त्यसअघि पनि पूर्व तयारी गर्नुपर्ने भएकाले समय निकै कम भएको बताए ।

उनले मतपत्र छाप्ने कामका लागि मात्रै डेढ महिना समय लाग्ने जानकारी दिए ।

गत संविधानसभा निर्वाचनमा ४ करोड ५५ लाख मतपत्र छापिएकोमा यसपटक मतदाता संख्या घटेकाले ३ करोड मात्र मतपत्र छापिने आयोगले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>