समाचारमंगलबार, भाद्र १८, २०७०

सरकारी राहत चार सय क्विन्टल चामल

हिमालखबर

गत असार पहिलो साता आएको बाढीले जिल्ला तहसनहस हुन पुगेको थियो । बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेर मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले जिल्लालाई सङ्कट क्षेत्र घोषणा गरेका थिए । बाढीपीडितका लागि सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत पठाएको राहत सामग्री ‘हात्तीको मुखमा जिरा’ भएको नेपाल खाद्य संस्थान धनगढीका प्रमुख सुरेन्द्रराज विष्टले जानकारी दिए ।

यातायात खुल्न नसकेपछि ढुवानी हुन नसकेको तथा दैनिकजसो बजारमा खाद्यान्न सामग्री सकिएकाले भारतबाट नुन र चामल ल्याई खानुपरेको स्थानीय बासिन्दाको गुनासो छ । खाद्य संस्थान प्रमुख विष्टका अनुसार अहिलेसम्म राहतका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत र डडेल्धुराबाट १३ असारमा ५६ क्विन्टल चामल, १२० लिटर खानेतेल र एक क्विन्टल मुसुरो दाल तथा १४ असारमा २७ क्विन्टल चामल खलङ्गासम्म पठाइएको छ ।

खाद्य संस्थानले राहत सामग्री पठाउने कोसिस गरिरहे पनि सडक अवरोधका कारण ढुवानी रोकिएपछि समस्या भएको प्रमुख विष्टले बताए । सरकारले बेवास्ता गरेका कारण दार्चुलामा खाद्यान्न सामग्री सङ्कटको अवस्था झेल्नुपरेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>