थप समाचारमंगलबार, भाद्र १८, २०७०

सिरियाली शरणार्थीको सङ्ख्या २० लाख नाघ्यो

हिमालखबर

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका अनुसार ३ सेप्टेम्बर २०१२ सम्म दुई लाख ३० हजार ६७१ जना सिरियाली नागरिकले शरणार्थीमा नाम दर्ता गराएका थिए भने अहिले यो संख्या बढेर २० लाखभन्दा बढी पुगेको छ ।

गतका वर्षको तुलनामामात्रै यो वर्ष शरणार्थीहरुको सङ्ख्या दश गुणाले बढेको राष्ट्रसङ्घीय शरणार्थी आयोगले जनाएको छ ।

सिरियाली शरणार्थीहरु प्रायः छिमेकी मुलुक लेवनान, जोर्डन र टर्की पुगेका छन् । शरणार्थीको अवस्था अत्यन्तै नाजुक बनेपछि संयुक्त राष्ट्रसङ्घलगायतका संस्थाहरुले सहयोगका लागि आग्रह गर्दै आएका छन् ।

सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजीनामा माग्दै शुरु भएको आन्दोलनका क्रममा एकलाख भन्दा बढी नागरिकको ज्यान गइसकेको सिरियाली आन्दोलनको पर्यवेक्षण गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

पछिल्लो समय सिरियाले सेनाले विद्रोहीहरुमाथि रासायनीक हतियार प्रयोग गरेको भन्ने आरोप लागेपछि अमेरिका, फ्रान्स लगायतका देशहरुले सिरियामाथि कार्वाही गर्ने चेतावनी दिएका छन् । सिरियामाथि आक्रमणका लागि भूमध्य सागरमा अमेरिकी सेनाले आफ्नो तैनाथी बढाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>