समाचारमंगलबार, भाद्र १८, २०७०
सरिता गिरीले आफैं अनसन तोडिन्
रत्नपार्क शान्तिबाटिकामा अनसनमा रहेकी नेपाल सदभावना पार्टी अध्यक्ष सरीता गिरीका मागप्रति सरकारले कुनै चासो नदिएपछि १८ भदौमा पार्टी उपाध्यक्ष रामवरण यादवको हातबाट जुस पिएर अनसन टुंग्याएकी छन् ।
नेतृ गिरीले मधेशमा निर्वाचन क्षेत्र थप, विदेशमा बसेलाई मताधिकार, संविधानसभामा महिलाको ३३ प्रतिशत सुनिश्चितता, उपेन्द्र यादव मोर्चासँग भएको सहमति खारेजलगायत माग राखेर अनसनमा बसकी थिइन् ।
