थप समाचारमंगलबार, भाद्र १८, २०७०

सरसफाईका नाममा भोजभतेर

हिमालखबर

जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धनुषाको आयोजना र युनिसेफको सहयोगमा १८ भदौमा सम्पन्न दुई दिने कार्यक्रममा सहभागीहरुलाई अन्य विषयभन्दा पनि सहभागी भएवापत पाइने ५५० रुपैयाँको आकर्षणले तानेको देखियो ।

सरसफाईबारे योजना, रणनीति तर्जुमा र जानकारी बाँड्न आयोजना गरिएको सम्मेलनका ३५० जना सहभागीमध्ये अधिकांश आ–आफ्नै काम र रमाइलोमा ब्यस्त भए । सम्मेलनमा बोलाइएका धनुषाका १०१ गाविसका सचिव, राजनीतिक दलका प्रतिनिधि तथा बुद्धिजिवीहरुमध्ये थोरैले मात्रै पूर्ण सहभागिता जनाएका थिए ।

‘ईज्जत प्रतिष्ठा र विकासका लागि सरसफाई, सरसफाइका लागि सामाजिक आन्दोलन, मिथिला हाम्रो, घरघरमा चर्पी, सरसफाईमा राम्रो’ भन्ने लामो नाराका साथ शुरु भएको सम्मेलनको कुल बजेट रु ९ लाख रहेको तमलोपाका जिल्ला सहसंयोजक परमेश्वर साहले बताए ।

तर, सम्मेलनमा उपलब्धिमुलक योजना वा रणनीति बनाउनुको साटो भोजभतेरको आयोजना गरी भत्ता बाँडेर रकम सिध्याउने काम मात्र भएको जनकपुर नागरिक समाजका संयोजक मुरली मनोहर मिश्रको ठहर छ । “धनुषा जिल्लामा विकास निर्माणदेखि चर्पी निर्माणका बजेटमा भ्रष्टाचार हुनु नौलो कुरा होइन्,” मिश्र भन्छन्, “यस्तो अवस्थामा ‘सरसफाई भोज’ हुनु पनि स्वभाविक लाग्ने भइसक्यो ।”

धनुषा जिल्ला विकास समितिले वि.स.२०७३ सम्म जिल्लालाई खुल्ला दिसापिशाब मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको छ । तर, यसैगरी उपलब्धिविहिन तरिकाले बजेट सक्ने काममात्रै भएमा जिविसको लक्ष्य कहिल्यै हासिल नहुने स्थानीयवासिन्दा बताउँछन् ।
मनिका झा, जनकपुरधाम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>