समाचारबुधबार, भाद्र १९, २०७०

सोलु कांग्रेसबाट छुट्टाछुट्टै सिफारिस

हिमालखबर

सोलुखुम्बु कांग्रेस सभापति आङगेलु शेर्पाले प्रत्यक्षतर्फ आफूसहित मंगलसिं तामाङ र खिलराज बस्नेत तथा समानुपातिकमा छत्रध्वज बस्नेत, टंकिमाया बस्नेत लगायतको नाम सिफारिस गरेका छन् भने सभापति शेर्पाले एकलौटी सिफारिस गरेको भन्दै पार्टी जिल्ला सचिब भोजराज कार्कीले छुट्टै बैठक राखेर प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बलबहादुर केसी, रामबहादुर बस्नेत र प्रेम थापा मगरको नाम सिफारिस गरी पठाएका छन् ।

यसैगरी समानुपातिकमा श्रीलाल थापा मगर, बिनोद बस्नेत, भोजराज कार्की, जितसिंह राई छिन्दी लमु शेर्पा लगायतका १० जनाको नाम सिफारिस गरी केन्द्रमा पठाइएको छ । जिल्ला कार्य समितिको बैठकको निर्णय लिपिबद्ध नगरी सभापतिले एकलौटी नामावली सिफारिस गरेको भन्दै केन्द्रीय सदस्य बलबहादुर केसीले आपत्ति जनाएका छन् ।

सोलुखुम्बुका ३४ गाउँ विकास समितिमध्ये २२ गाविस अध्यक्षसहित भातृसंस्थाका प्रमुखहरुले प्रत्यक्षमा केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सिफारिस गरी पठाउने साझ निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>