थप समाचारबुधबार, भाद्र १९, २०७०

काठमाडौं–२ मा उमेद्वारी छनोटमा विवाद

रासस

आगामी संविधानसभामा उम्मेदवारी छनोटका लागि १८ भदौदेखि बसेको बैठकमा सहमति हुन नसक्दा हात हालाहालसमेत भएको क्षेत्रीय कमिटीका पुरुषोत्तम चौलागाइँले जानकारी दिएका छन् ।

उम्मेदवारको छनोटको विषयमा क्षेत्रीय सभापति उपेन्द्र कार्की र अन्य कार्यसमितिका सचिव तथा सदस्यबीच विवाद भएको हो ।

उम्मेदवारको आकांक्षी धेरै भएपछि क्षेत्रीय सदस्य तथा सचिवले निर्वाचनको प्रक्रियाबाट निर्णय गर्न खोज्दा क्षेत्रीय सभापति उपेन्द्र कार्कीले आफू अनुकूल निर्णय नआउने भएपछि गुन्डागर्दी शैलीमा महाधिवेशन प्रतिनिधि रमेश दाहाललगायत गोठाटार गाविस इकाइका प्रतिनिधि प्रयोग गरी जिल्ला सचिव वसन्त घिमिरेमाथि हातपात गराएको चौलागाईले आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>