समाचारबिहीबार, भाद्र २०, २०७०

गम्भीर अपराधका घटनामा छिटो अनुसन्धान गरः ओएचसीएचआर

हिमालखबर

ओएचसीएचआरले विज्ञप्ति जारी गर्दै नौ वर्षअघि हत्या भएका कृष्णप्रसाद अधिकारीका बाबु–आमाले छोराको हत्या मुद्दामा अनुसन्धानका लागि सरकारी अधिकारीलाई मनाउन अनसन बस्नु परेको अवस्थाप्रति गहिरो चिन्ता लागेको जनाएको छ ।

“गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारीले हत्या मुद्दामा ठोस र विश्वसनीय अनुसन्धान शुरु नभएसम्म अनसन नतोड्ने अडान लिएको हाम्रो जानकारीमा छ,” ओएचसीएचआरका प्रवक्ता रुपोर्ट कोल्भिल्लेले भनेका छन् ।

उनले नेपाली अधिकारीहरु, सरकारी उच्च निकायसँग अन्य यस्ता घटनाहरुमा समेत चाँडै स्वतन्त्र, निष्पक्ष र राम्रो अनुन्धान गरी द्वन्द्वका सबैपक्षका दोषिहरुलाई नेपाली र अन्तर्राष्ट्रिय कानून अनुसार कारवाही गर्न आग्रह गरेका छन् । उनले अगाडि भनेका छन्, “पीडितहरुले धेरै वर्षदेखि सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रतिक्षा गरिरहेका छन्, यो अब कत्ति पनि ढिलो नगरी अन्तराष्ट्रिय मापदण्ड अनुसार गठन हुनुपर्छ ।”

सबैपक्षबाट भएका गम्भीर अपराधका घटनामा अनुसन्धान गरी मुद्दा चलाउन नेपालमा राजनीतिक इच्छाशक्ति नभएकाले स्थायी शान्ति निर्माण गर्न बाधा पुगिरहेको ओएचसीएचआरको ठहर छ ।

दोषिलाई कार्वाही गर्न राजनीतिक इच्छाशक्ति नहुँदा अधिकारी दम्पतीले यस्तो प्रकारको विरोध गर्नु परेको भन्दै ओएचसीएचआरले चिन्ता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>