समाचारशुक्रबार, भाद्र २१, २०७०

उद्योगपति विनोद चौधरी नवलपरासी १ र ३ बाट

हिमालखबर

क्षेत्र नम्बर १ मा यसअघि निर्वाचन जितेका काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला पुनः काँग्रेसको तर्फबाट उम्मेदवार बन्ने पक्का छ । चौधरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने सम्भावना बढेको बुझिएको छ ।

यसैगरी जिल्ला अध्यक्ष तिलक महतलाई क्षेत्र नम्बर २, ३ र ४ गरी तीन स्थानबाट सिफारिस गरिएको छ । क्षेत्र नं ५ बाट दिपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरिएको छ ।

सिफारिस गरिएका नाममा क्षेत्र नं १ बाट ४ जना रहेका छन् । यसमा कृष्ण अधिकारी, दीपक अधिकारी, विनोद चौधरी, छत्रराज पौडेल र पार्वती तिवारी छन् । त्यस्तै क्षेत्र नं २ बाट ११ जना सिफारिस गरिएको छ । यसमा रोशन गाहा, जीवन श्रेष्ठ, डा. गोपाल खनाल, दुर्गा भण्डारी, विन्दा गैरे, शालिकराम भट्टराई, रोशन थापा, होमनाथ सुवेदी, कृष्ण पौडेल र तिलक महत छन् ।

त्यसैगरी क्षेत्र नं ३ बाट १० जनाको नाम सिफारिस गरिएको छ । यसमा जनकलाल श्रेष्ठ, कृष्ण पौडेल, ईश्वरी पाण्डे, रुक्मांगत ज्ञवाली, तिलक महत, धनञ्जय शर्मा, भिमलाल अधिकारी, पुण्यप्रसाद पौडेल, सरिता खनाल र विनोद चौधरी रहेका छन् ।

क्षेत्र नं ४ बाट पाँचजनाको नाम सिफारिस गरिएको छ । यसमा थानप्रसाद गैर, विमला अर्याल, बैजनाथ चौधरी र घनश्याम कोइराला र तिलक महत रहनुभएको छ । क्षेत्र नं ५ बाट दिपेन्द्र अधिकारीको एकल नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं ६ बाट रामलखन हरिजन र दूधनाथ गुप्ताको नाम सिफारिस गरिएको एमाले नवलपरासीले जनाएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>