थप समाचारशुक्रबार, भाद्र २१, २०७०

रक्सीका लागि सरदारले छोरा बेचे

हिमालखबर

‘हाम्रो गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने नाराका साथ देशभर मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सातौँ राष्ट्रिय दिवस मनाइरहेका बेला रक्सी पिउने पैसाका लागि गजेन्द्र सरदारले नाबालक छोरा बेचेका हुन् ।

प्रहरीले जनाएअनुसार स्थानीयवासीको सूचनाका आधारमा नाबालक शिशुसहित उनलाई किन्ने राजविराज–९ का ३८ वर्षीय जाकिर अन्सारी र निजकी पत्नी ३० वर्षीया कोरेसा खातुनलाई गिरफ्तार गरिएको छ ।

अन्सारी दम्पतीको बयानका आधारमा शिशु किनबेचमा सहयोग गर्ने नकटी रायपुर–४ हरिरावाका ३० वर्षीय लालमोहम्मद राइनलाई प्रहरीले २० भदौ राति ११ बजे गिरफ्तार गरेको प्रहरीनायब निरीक्षक विश्वनाथ यादवले बताए । यादवका अनुसार राइनले छिमेकी सरदारले छोरा बेच्न खोजेपछि निःसन्तान रहेका अन्सारी दम्पतीकहाँ शिशु पु¥याइदिएको प्रहरीसमक्ष बयान दिएका छन् ।

हाल अन्सारी दम्पती र राइन शिशुसहित जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । शिशुले आमाको दूध खान नपाएपछि उनको स्वास्थ्य स्थिति बिग्रिँदै गएको छ ।

आफ्नै सन्तान बेच्ने सरदारविरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>