समाचारशुक्रबार, भाद्र २१, २०७०
धनुषा कांग्रेसमा विवाद, पार्टी कार्यालय घेराउ
राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवको नाम जिल्लाबाट सिफारिस नभएको भन्दै १९ भदौमा जुलुश प्रदर्शन गरेका यादवपक्षीय कार्यकर्ताहरुले २१ भदौमा पार्टी कार्यालय घेराउ गरेका छन् । संभावित भिडन्त हुन नदिन नेपाली कांग्रेस धनुषा कार्यालयमा ब्यापकमात्रामा प्रहरी परिचालन गरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ आफ्नो नाम सिफारिस हुनुपर्ने यादवले माग गर्दै आएका छन् । अहिले उक्त क्षेत्रबाट तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवको नाम सिफारिस भएको छ । विघटित संविधान सभा निर्वाचनमा राष्ट्रपति रामवरण यादवले पनि ५ नम्बरबाटै निर्वाचन जितेका थिए भने त्यसपछि भएको उप निर्वाचनमा राष्ट्रपतिपुत्र चन्द्रमोहनले उम्मेदवारी पाए पनि हारेका थिए ।
विवादकै कारण धनुषा निर्वाचन क्षेत्र नं ४ र ७ बाट उम्मेदवारको नाम सिफारिस हुन सकेको छैन् ।
इश्वरचन्द्र झा, जनकपुरधाम
