समाचारशुक्रबार, भाद्र २१, २०७०
फुजेल हत्याकाण्डका अभियुक्त पक्राउ
कृष्णप्रसाद अधिकारीको हत्याको अभियोग लागेका रामप्रसाद अधिकारीलाई प्रहरीले २१ भदौ साँझ् पक्राउ गरेको छ । उनलाई राजधानीको बागबजारबाट दिउसो २ बजे उनलाई पक्राउ गरेर चितवन पुर्याइएको थियो / पक्राउ गरी चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउतले हिमालखबरलाई बताए । छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै कृष्णप्रसादका आमा बुबा नन्दप्रसाद र गंगामाया अधिकारी डेढ महिनादेखि आमरण अनशनमा छन् ।
चौतर्फी दबाबपछि गृहमन्त्रालयले हत्याको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएपछि चितवन प्रहरीले विशेष टोली गठन गरेर अनुसन्धान शुरु गरेको थियो ।
