थप समाचारआइतबार, भाद्र २३, २०७०

अधिकारी दम्पतीले अनशन तोडे

हिमालखबर

स्वास्थ्यअवस्था गम्भीर भएर वीरअस्पतालको आइसीयुमा भर्ना हुँदा पनि अनशन जारी नै राखेका गोरखाका अधिकारी दम्तीलाई प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जुश खुवाएर अनशन तोडाएका थिए ।

उनीहरुको अनशन टुंग्याउन सरकारी उच्च अधिकारीहरुले २२ भदौ दिउँसो ४ बजेदेखि प्रयास गरे पनि तीनवटा मूख्य माग राखेका अधिकारी दम्पतीले अनसन तोड्न अस्वीकार गर्दै आएका थिए । तर पनि उनीहरुको माग पूरा गराउने आश्वासन सहित सरकारी अधिकारीको निरन्तरको प्रयसपछि अन्ततः राति १ बजेर पाँच मिनेट जाँदा अधिकारी दम्पतीले सचिव बाँस्कोटाको हातबाट जुस पिउन माने ।

२१ दिनदेखि वीर अस्पतालको आईसीयूमा रहेका उनीहरुलाई ‘इन्ट्राभेनस मेडिसिन’ दिएर बचाई राखिएको थियो । मानवअधिकारवादीसहितका सरकारी अधिकारीहरुसँग भएका वार्तामा दम्पतीका तर्फबाट राखिएका मागमा सहमति भएको थियो ।

आफ्ना छोरा कृष्णप्रसाद अधिकारी हत्याका आरोपीमध्ये एक जना पक्राउ परे पनि अन्यलाई पनि तुरुन्तै पक्राउ गरिनुपर्ने, अनुसन्धान र मुद्दाको प्रक्रिया जारी राख्दै दोषिमाथि कार्वाही हुनुपर्ने र आफ्नो जफत भएको जग्गा र सम्पति क्षतिपूर्तिसहित फिर्ता हुनुपर्ने र सुरक्षाको ग्यारेण्टी हुनुपर्ने माग अधिकारी दम्पतीको थियो । जसमा सरकारी अधिकारीहरुले सहमति जनाएका छन् ।

सर्वोच्च अदालतले अधिकारी दम्पतीको जीवनरक्षा गर्न उनीहरुले नमाने पनि जबरजस्ती खाना खुवाउन १८ भदौमा सरकारका नाममा अन्तरिम आदेशसमेत दिएको थियो ।

त्यसपछि उनीहरुको अनशत तोडाउने सरकारी प्रयास असफल भएको थियो भने नेपाल चिकित्सक संघले जवर्जस्ती खुवाउनु चिकित्सकीय मर्यादा र आचारसंहिता विपरित हुने बताएको थियो । अन्ततः उनलाई जवरजस्ती खुवाउनुपर्ने अवस्था भने आएन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>