समाचारआइतबार, भाद्र २३, २०७०

सर्वोच्चमा वकिलको विरोध प्रदर्शन

हिमालखबर

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीविरुद्धका रिटहरु विना सुनुवाई खारेजी र वरिष्ठ अधिवक्ता शम्भू थापाको ‘ल फर्म’ मा राजश्वले छापा मारी मुद्दा पेसीको सूची समेत कब्जामा लिएको विरोधमा आन्दोलित अधिवक्ताहरुले नेपाल बार एशोसिएसनको अगुवाईमा देशभरका अदालतमा मुखमा कालो पट्टी बाँधेर धर्ना प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसन, केन्द्रीय कार्यसमितको २१ भदौको बैठकले सर्वोच्च अदालतले गरेको १७ वटा रिट खारेजीको निर्णयको विरोध गर्दै आन्दोलन गर्ने निर्णय गरेको थियो ।

बारको आन्दोलनका कार्यक्रम:
१। आगामी भाद्र २३ गते आइतवार नियमित काम कारवाहीमा सरिक नभई दिनको ११ वजे देखि १२ वजे सम्म देशभरका सवै अदालतको प्राङ्गणमा कानुन व्यवसायीलाई वहस गर्न नदिएको प्रतिकात्मक संकेत स्वरुप मूखमा कालो पट्टी बाँधेर १ घण्टा धर्नामा वस्ने ।

२। कानुन व्यवसायी भएको नाताले नेवाएका पूर्व अध्यक्ष शम्भु थापा माथी गरिएको अर्मयादित र गैर कानुनी कार्य तुरुन्त रोक्न, थप कारवाही अघि नवढाउन र उहाँको कार्यालयवाट जवरजस्ती लगिएका मुद्धाका पक्षसंग सम्वन्धीत सामाग्री अविलम्व फिर्ता गर्न नेवाए जोड्डार माग गर्दछ र थप कारवाही नरोकिए थप विरोधका कार्यक्रम गर्न वाध्ये हुनेछ ।

३। उपरोक्त कार्यक्रम गरी १ हप्ता भित्र कथित नेपाल सरकार र न्यायिक नेतृत्वलाई आफ्नो गल्ती महसुस गर्न र आगामी दिनमा त्यसो नगर्न प्रतिवद्धताकालागी समय दिने र त्यसो हुन नसकेमा थप श(शक्त विरोधका कार्यक्रम संचालन गरी स्वतन्त्र न्यायपालिकाको रक्षाको खातिर निरन्तर संघर्षरत रहने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>