समाचारआइतबार, भाद्र २३, २०७०

अधिवक्ता थापाको सरसामानसहित छलफलका लागि आउनु: सर्वोच्च

हिमालखबर

२१ भदौ अपराह्न राजश्व अनुसन्धान विभागले वरिष्ठ अधिवक्ता शम्भू थापाको ‘ल फर्म’ मा छापा मारी बिल प्याड, कम्प्युटर, ल्यापटप र अन्य कागजातहरु नियन्त्रण लिएपछि उक्त छापामारी गैरकानूनी भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

रिटमाथि न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले २३ भदौमा अन्तरिम आदेश जारी गर्दै २५ भदौसम्म सामान लिइ राजश्व अनुसन्धान विभाग र थापालाई उपस्थित हुन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले  हिमालखबरलाई जानकारी दिए ।

आदेशमा राजश्व अनुसन्धान विभागलाई थापाको ‘ल फर्म’ माथिको अनुसन्धान तत्कालका लागि रोक्न पनि भनिएको छ । विभागले थापालाई २५ भदौमा बयानका लागि बोलाएकोमा आदेशपछि अब थापाले विभागमा बयान दिनु नपर्ने भएको छ ।

राजश्व अनुसन्धानले सुनियोजित षडयन्त्र गरी आफ्नो ‘ल फर्म’ मा छापा मारेको अधिवक्ता थापाले आरोप लगाएका छन् । मन्त्रिपरिषद् अध्यक्षमा खिलराज रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तीको विरोध गरेकाले सुनियोजित रुपमा आफ्नो ‘ल फर्म’ मा छापा मार्न लगाइएको थापाको दाबी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>