समाचारआइतबार, भाद्र २३, २०७०
अधिकारी हत्याका अभियुक्तलाई १० दिनको म्याद
२१ भदौमा काठमाण्डौको बागबजारबाट पक्राउ परेका ‘कम्युनिकेसन’ व्यवसाय गर्ने गोरखा फुजेलका ३५ वर्षीय रामप्रसादलाई चितवन प्रहरीले अनुसन्धानका लागि थप १० दिन हिरासतमा राख्न अदालतबाट म्याद थप गराएको चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।
“आरोपी सबैलाई २५ दिन भित्रै पक्राउ गरेर मुद्दा चलाउने कोशिसमा छौं’ प्रहरी उपरीक्षक कार्कीले भने ।
हजुरबुवा भेटन चितवन आएका गोरखाका १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई सुराकीको आरोप लगाएर माओवादी कार्यकर्ताले २४ जेठ २०६१ मा चितवनमा अपहरणपछि हत्या गरेका थिए ।
चितवन जिल्ला अदालतका श्रेष्तेदार दिनबन्धु बरालका अनुसार अनुसन्धान अघि बढाईएको मुद्दामा परेको जाहेरीमा छविलाल पौडेल, पर्शुराम पौडेल, विष्णु तिवारी, मेघनाथ पौडेल, शुभद्रा तिवारी सीता अधिकारी, हिमलाल अधिकारी, भीमसेन पौडेल, कालीप्रसाद अधिकारी, र दुई जना रामप्रसाद अधिकारीको नाम उल्लेख छ ।
सविता श्रेष्ठ, चितवन
