समाचारसोमबार, भाद्र २४, २०७०
एसएलसी पूरक परीक्षाको नतिजा प्रकाशित
परीक्षा नियन्त्रण कार्यालयले २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
परीक्षामा एक लाख ११ हजार ७२४ परीक्षार्थी सहभागी भएकामा ६७ हजार ५१ (६०.०१ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए । ३२ हजार ९८ छात्र र ३४ हजार १४३ छात्रा उत्तिर्ण भएका छन् ।
यसपटक परीक्षा नियन्त्रण कार्यालय परीक्षा सम्पन्न भएको २९ औँ दिनमा नतिजा प्रकाशन गर्न सफल भएको छ । परीक्षामा अमर्यादित तथा अनियमित कार्य गर्ने ६४ परीक्षार्थीको परीक्षा रद्द गरिएको कार्यालयले जनाएको छ ।
पूरक परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या शून्य तथा प्रथम श्रेणीमा एक हजार ६१०, द्वितीय श्रेणीमा ४८ हजार ८६७ र तृतीय श्रेणीमा १६ हजार ५७४ जना उत्तीर्ण भएका छन् ।
नेपाल टेलिकमको फोनमा १६०० मा डायल गरी नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ ।
