समाचारसोमबार, भाद्र २४, २०७०
धनुषामा रेल दुर्घटना, १२ घाइते
भारतको जयनगरबाट जनकपुरतर्फ आईरहेको रेल २४ भदौ विहान ९:३० बजे धनुषाको महुवा मोडमा एक्कासी लिकबाट बाहिरिएपछि दुर्घटना भएको छ ।
मालसामान बोकेर आइरहेको रेलमा अरुबेला जस्तो यात्रुको चाप नभएकोले धेरै क्षति हुनबाट जोगिएको रेलका कर्मचारीहरुले बताएका छन् । घाइते हुनेहरुमा अधिकांश रेलमा मालसामान सहित आइरहेका ब्यापारीहरु छन् ।
घाईतमध्ये जनकपुर–१ का मोहम्मद सलमान अलाउद्दिन लहरी र बलहागोठ– ३ का समतुला शेषको अवस्था गम्भीर छ । उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ ।
मनिका झा, जनकपुरधाम

