थप समाचारमंगलबार, भाद्र २५, २०७०
मेची राजमार्ग अबरुद्ध
मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको दोखुस्थित खोक्सेखोला क्षेत्रमा सडक माथिबाट ठूलो ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएपछि यात्रु बिच बाटोमा नै अलपत्र परेका छन् ।
पहिरोले पुरै सडक पुरेको कारण ताप्लेजुङबाट बाहिरिने र भित्रिने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
बाटो खुलाउन स्काभेटर ल्याएइएकोमा त्यो पनि विग्रिएपछि यात्रु, प्रहरी र स्थानीयबासी आफैंले बाटो खुलाउने प्रयास गरिरहेका छन् ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
