थप समाचारमंगलबार, भाद्र २५, २०७०

काठमाडौंमा पाकिस्तानी व्यापार मेला

हिमालखबर

२५ भदौमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानी राजदूत सउद अर्सद खोसाले पाकिस्तान ब्यापार मेला ‘मेड इन पाकिस्तान’ दुई देशबीचको व्यापार बढाउने उद्देश्यले आयोजना गरिएको बताए ।

“हामीबीच सरकारीस्तरमा मात्र होइन जनस्तरमा पनि अत्यन्त सुमधुर सम्बन्ध छ, यस्ता मेलाले जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ बनाउँछ”– मेलाको उद्देश्यबारे स्पष्ट गर्दै पाकिस्तानी राजदूत खोसाले भने ।
नेपाली गलैंचा, चिया र पश्मिनाको माग आफ्नो मुलुकमा ज्यादै धेरै रहेको बताउँदै उनले मेलामा आएका पाकिस्तानी व्यापारीमार्फत नेपाली उद्यमी–व्यवसायीले आफ्ना उत्पादन पाकिस्तानी बजारमा पुर्‍याउन आवश्यक प्रयास गर्नुपर्नेमा जोड दिए ।

५० वटा बिक्रीकक्ष रहने मेलामा पाकिस्तानी छालाका उत्पादन, लत्ता कपडा, शृङ्गार प्रशाधन, ‘फर्निचर’, गृह सजावटका सामग्री बिक्री हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>