थप समाचारमंगलबार, भाद्र २५, २०७०

दश वर्षमा साढे ३१ हजारको आत्महत्या

हिमालखबर

एघारौँ विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नेपाल आत्महत्या नियन्त्रण तथा अनुसन्धान सङ्घ र कोसिस नेपालले २५ भदौमा आयोजना गरेको कार्यक्रममा झुन्डिएर, विषादि सेवन गरी, आगो लगाई, डुबेर, हाम फालेर, धारिलो हतियारको प्रयोग गरी, करेन्ट लगाएर समेत आत्महत्या गर्ने गरेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव तीर्थराज बुर्लाकोटीले विकसित मुलुकमा समेत बढी तनाबका कारण आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको बताउँदै आत्महत्या रोकथामका लागि समाजमा बिनातनाब बाँच्ने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सङ्घका स्रोतकर्ता पुनम श्रेष्ठ र कोसिसका अध्यक्ष मातृकाप्रसाद देवकोटाले कार्यपत्र प्रस्तुत गर्दै मनोवैज्ञानिक परामर्श दिने बेलामा पनि गोपनीयता कायम गर्नुपर्ने, मानसिक रोगीलाई समाजले स्विकार्ने जस्ता सामाजिक व्यवहारले पनि आत्महत्यामा कमी ल्याउने बताए ।

विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् भने दैनिक आत्महत्या गर्नेको सङ्ख्या ३० हजार छ । वर्षमा सो सङ्ख्या करिब एक करोड पुग्ने गरेको छ । तीमध्ये आत्महत्या गर्नेमा ३० प्रतिशत एसियाका छन् । आत्महत्या गर्नेमध्ये १५ देखि ४४ वर्ष उमेर समूहका ६० प्रतिशत छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् १९९३ मा नै आत्महत्यालाई रोगका रूपमा परिभाषित गरिसकेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>