समाचारबुधबार, भाद्र २६, २०७०
चीनले दश करोडको सुरक्षा सामग्री दिने
गत वर्षको असारमा बेइजिङमा भएको नेपाल–चीन गृह सचिवस्तरीय दोस्रो बैठकमा भएको सहमतिअनुरुप चीनले उक्त सामग्री उपलब्ध गराउन लागेको हो ।
२६ भदौमा गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षा सामग्री हस्तान्तरण गर्नेसम्बन्धी समझदारीपत्रमा नेपालका लागि चीनका राजदूत वु चुन्ताइ र गृह सचिव नवीनकुमार घिमिरेले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा राजदूतले नेपालको विकास–निर्माणका साथै सुरक्षा निकायको सुदृढीकरणमा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
