समाचारबुधबार, भाद्र २६, २०७०
भ्रष्टाचारको अभियोगमा निर्देशक लालबाबुसहित पाँच पक्राउ
चितवन मेडिकल कलेजका सञ्चालकबाट रु २० लाख घुस लिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा परीक्षक भानुभक्त कँडेल र कम्पनी रजिष्ट्रार कार्यालयका निर्देशक लालबाबु कवारीसहित पाँच जनालाई पक्राउ गरेको छ ।
मेडिकल कलेजको आर्थिक अवस्थाका बारेमा निरीक्षण प्रतिवेदन तयार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले नियुक्त गरेका परामर्शदाता भानु एसोसिएट्सका कँडेल, निर्देशक कवारी, शिव श्रेष्ठ, विन्दु शर्मा र आविद अलीलाई २६ भदौमा पक्राउ गरी आयोगको हिरासतमा राखिएको छ ।
अभियुक्तहरूले कलेजका सञ्चालकसँग २० लाख रुपैयाँ घुस लिएको लिएको प्रमाण फेला परेकाले अनुसन्धानका लागि हिरासतमा लिइएको आयोगले जनाएको छ ।
रासस
