समाचारबिहीबार, भाद्र २७, २०७०

माओवादी मोर्चाको बन्द

हिमालखबर

निर्वाचन प्रक्रियाको विरोधमा रहेको एमाओवादी नेतृत्वको मोर्चाका कार्यकर्ताहरु चोक चोकमा बसेर सवारी आवागमनमा रोक लगाएका छन् ।

बन्दका कारण राजधानी उपत्यका साथै पूर्वाञ्चलका इलामा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरी जिल्लाको जनजीवन ठप्प भएको छ ।

बन्दको मारमा पूर्व
दुई दुई दिनको अन्तरमा बन्द हुन थालेपछि पूर्वी पहाडी जिल्लाका बासिन्दाले सास्ती ब्यहोर्नु परेको छ ।

दुई दिन अघिमात्रै अरुण पूर्वका नौ जिल्लामा संघीय गणतान्त्रिक समाजवादी पार्टी लिम्बुवान राज्य समितिले बन्द गराएको थियो । त्यसलगत्तै नेकपा–माओवादीले बन्द गराएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>