समाचारबिहीबार, भाद्र २७, २०७०

काठमाडौंमा बन्दको प्रतिवाद

हिमालखबर

सुनधारामा बन्द गराउनेहरु र त्यसको विरोध गर्नेहरुबीच झडपको स्थिति आएपछि प्रहरीले दुवैपक्षलाई अलग्याएको थियो । तस्वीर: देवकी बिष्ट

२७ भदौमा नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्दका क्रममा काठमाडौंको सुनधारामा आफूलाई देशवासी भनेर चिनाउने युवाहरु  र बन्दकर्ताहरुबीच केही बेर झडपको स्थिति उत्पन्न भएको छ । झडप हुन थालेपछि प्रहरीले दुवै पक्षलाई अलग्याएको थियो भने दुवैपक्षले केहीबेरा नाराबाजी समेत गरे ।

सुनधारामा रहेकी हिमालकी फोटो पत्रकार देवकी विष्टका अनुसार बन्दको विरोधमा उत्रेकाहरुले बन्दकर्ताहरुसँग रहेका केही पोष्टर र ब्यानरहरु च्यातिदिएका छन् । उनीहरुले बन्दले गर्दा सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको र बन्दले कसैलाई फाइदा नहुने बताएका थिए ।

यसअघि बन्दको विरोधमा उत्रेका युवाहरुले थापाथलीदेखि सुन्धरासम्म बन्दविरोधी ब्यानर र डिस्प्ले सहित जुलुश प्रदर्शन गरेका थिए ।
—————————————————————————————————————————

सुनधारामा बन्दको प्रतिवाद

काठमाडौंको सुनधारामा बन्द गराउँदै हिंडेका नेकपा–माओवादीका कार्यकर्ता र बन्दको प्रतिवादमा उत्रेकाहरुबीच मुठभेडको अवस्था आएको छ ।
हिमालखबर
बिहीबार , २७ भदौ २०७० १२:४७ पम

२७ भदौमा नेकपा–माओवादीको नेतृत्वको मोर्चाले आह्वान गरेको बन्दका क्रममा काठमाडौंको सुनधारामा आफूलाई देशवासी भनेर चिनाईरहेको समूह र बन्दकर्ताहरुबीच विवाद भएको छ । झडपको स्थिति उत्पन्न हुन थालेपछि अहिले प्रहरीले दुवै पक्षलाई अलग्याउने प्रयास गरिरहेको छ ।

सुनधारामा रहेकी हिमालकी फोटो पत्रकार देवकी विष्टका अनुसार बन्दले गर्दा सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको र बन्दले कसैलाई फाइदा नहुने भन्दै प्रतिवाद गर्नेहरुले बन्द खुलाउनु पर्ने भनिरहेका छन् ।

अहिले त्यसक्षेत्रको स्थिति तनावपूर्ण बनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>