थप समाचारशुक्रबार, भाद्र २८, २०७०

रहेनन् लोकगायक तीर्थबहादुर गन्धर्व

हिमालखबर

उच्च रक्तचाप र मधुमेह पीडित ६० वर्षीय गन्धर्वको उपचारका क्रममा सैनिक अस्पताल छाउनीमा राति २ बजे निधन भएको हो ।

२७ भदौ साँझ स्वास्थ्यमा समस्या आएपछि मिनभवनस्थित निजामति अस्पताल भर्ना गरिएका गन्धर्वलाई राति नै छाउनी लगिएको थियो ।

वि.सं. २०१० मा तनहुँको चोकचिसापानीमा जन्मिएका गन्धर्वले लामोसमय रेडियो नेपालमा वाद्यवादकका रुपमा काम गरेका थिए । ‘बल्ल पर्‍यौ निरमाया माकुरी जालैमा’ गीतले उनलाई चर्चाको शिखरमा पुर्‍याएको थियो । रेडियो नेपालमा उतीबेला पाण्डव सुनुवारले सञ्चाल गर्ने कार्यक्रम ‘चौतारी’ मा गन्धर्वले गायन र बाद्यवादन दुवै गर्थे ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा भवनमा राखिएको छ । भने आजै दिउँसो उनको अन्त्येष्टि गरिनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>