समाचारशुक्रबार, भाद्र २८, २०७०

माओवादीको पश्चिम बन्दले सास्ती

हिमालखबर

नेकपा–माओवादी नेतृत्वमा रहेको मोर्चाले २८ भदौमा भेरी–कर्णली बन्द गराएपछि बिहानै क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका छन्, कार्यालयहरु बन्द हुँदा जनताले दुख पाएका छन्, उद्योगधन्दा चलेका छैनन् । बन्द गराउन माओवादीका कार्यकर्ता बिहान ६ बजेदेखि सडकमा ओर्लिएका छन् ।

नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण सुदूरपश्चिमका पहाडी जिल्ला ठप्प भएका छन् ।

बन्दका कारण बिहानैदेखि छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आउन नसक्दा यात्रु अलपत्र परेका छन् ।

वर्तमान सरकारको विघटन, सर्वदलीय सरकार गठन, गोलेमेच सम्मेलन, चारदलीय सहमति खारेजी लगायतका माग राख्दै बन्द आह्वान गरिएको नेकपा–माओवादीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>