समाचारशुक्रबार, भाद्र २८, २०७०
सर्लाहीमा बम विष्फोट, १२ घाइते
सर्लाही सदरमुकाम मलंगवास्थित नापी कार्यालयमा बिहान साढे ११ बजे भएको बम विष्फोटमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेमध्ये सर्लाही रामवनका गौरीशंकर महतोलाइ काठमाडौं पठाइएको छ । विष्फोटमा परी कार्यालयका नापी अधिकृत नागेन्द्र राय पनि घाइते भएका छन् ।
बम विष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । घटनाको अनुसन्धान भइरहेको र घाइतेहरु स्थानीय जिल्ला अस्पतालमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
सेवाग्राहीको भीड हुने बेला विष्फोट गराइएकोले धेरै घाइते भएका हुन् ।
