समाचारशुक्रबार, भाद्र २८, २०७०

वैद्य सहभागी हुनेभए निर्वाचन सारिने: दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीलाई चुनावमा सहभागी गराउन पहल भइरहेको बताएका छन् । २८ भदौमा काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले भने, “वैद्य माओवादी चुनावमा आउन तयार भए मंसीर ४ गतेको चुनाव केही दिन पछि सार्न सकिन्छ ।”

दाहालले सहमतिको नाममा निर्वाचन नै प्रभावित हुने गरी कुनै सम्झौता नगरिने भन्दै निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र संविधानको खाका तयार पारिने र एक वर्षभित्र नयाँ संविधान जारी गरिने समेत दाबी गरे ।

नेपाल राष्ट्रिय प्रगतिशील बुद्धिजीवी सङ्गठनको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै एमाओवादी नेता बाबुराम भट्टराईले केही सञ्चारमाध्यमले क्रान्तिकारीविरुद्ध भ्रम फैलाउन खोजेको भन्दै त्यसलाई परास्त गर्न वुद्धिजीवीलाई निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>