थप समाचारशुक्रबार, भाद्र २८, २०७०

अफ़ग़ानिस्तानस्थित अमेरीकी वाणिज्य दूतावासमा विष्फोट

हिमालखबर

तस्वीर: एपी

२८ भदौ बिहान आत्मघाती आक्रमणकारीले आफू चढेको कार हेरातस्थित अमेरिकी बाणिज्य दूतावासमा लगेर विष्फोट गराएको बीबीसीले जनाएको छ । तुलनात्मक रुपमा शान्तिपूर्ण मानिएको हेरातमा तालिबानले विष्फोटपछि अन्धाधुन्ध गोली प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उल्लेख गरेको छ ।

आक्रमणमा दुईजना प्रहरी र एक स्थानीय सुरक्षाकर्मीको मृत्यु भएको छ भने महिला र बालबालिका सहित १७ जना घाइते भएका छन्  ।

अफगानी सेनाका प्रवक्ताका अनुसार विष्फोटबाट वाणिज्य दूतावासको बाहिरी सुरक्षा घेरामा क्षति पुगेको छ । आक्रमणकारीहरु दूतावास परिसरभित्र पुग्न सफल भएको र अन्धाधुन्ध गोली प्रहार गरेको पनि प्रवक्ताले जनाएका छन् ।

नेटो नेतृत्वको अन्तर्राष्ट्रिय सुरक्षा सहायता बलले वाणिज्य दूतावास सुरक्षित रहेको र सबै आक्रमणकारी मारिएको बताएको छ ।

अमेरिकाको ट्वीन टावरमा तालिवानले हमला गरेको ९–११ घटनाको १२ वर्ष पुगेको सेरोफेरोमा भएको यो आक्रमणले तालिबानहरु अझै पनि अफगानिस्तानमा आफ्नो उपस्थिति बलियो भएको देखाउन चाहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>