थप समाचारशुक्रबार, भाद्र २८, २०७०
पत्रकारितामा दलित महिला प्रतिनिधित्वको माग
दलित महिला संघ र जागरण मिडिया सेन्टरले राजधानीमा २८ भदौमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले सञ्चार गृहमा दलित महिलाको सहभागिता बढाउनु पर्नेमा जोड दिएका हुन । देशभरीका सञ्चागर गृहमा रहेका ७९ दलित महिला पत्रकार मध्ये १५ जनामात्रै पूर्णकालिन रहेको जागरण मिडिया सेन्टरको अध्ययनले देखाएको छ ।
कार्यक्रममा दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले दलित महिला अधिकारको विषयमा प्रर्याप्त समाचार नआएको गुनासो गरिन् । आगामी संविधानसभा निर्वाचनमा दलित महिला प्रतिनिधित्वका लागि दवाव दिन सोबले सञ्चारकर्मीलाई आग्रह गरिन् ।
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले सञ्चारगृहमा दलित महिलाको भौतिक उपस्थिति नहुँदा उनीहरूका विषयले प्राथमिकता नपाएको धारणा राखे । सञ्चारकर्मी गुणराज लुँइटेलले पत्रकारको दक्षता, लगानीको अभाव र सञ्चार गृहको मुनाफालगायतका कारणले गर्दा दलित महिलाको मुद्दा सम्बोधन हुन नसकेको धारणा राखे ।
