थप समाचारशुक्रबार, भाद्र २८, २०७०

भाजपाले मोदीलाई प्रधानमन्त्री बनाउने

हिमालखबर

प्रधानमन्त्रीको उम्मेदवार घोषित भएपछि पार्टी अध्यक्ष राजनाथ सिंहलाई लड्डु ख्वाउँदै मोदी । तस्वीर: एएफपी

भाजपा संसदीय बोर्डको २८ भदौको बैठकले पार्टीका वरिष्ठ नेता लालकृष्ण अडवाणीको विरोधका बावजुद ६३ वर्षीय मोदीलाई प्रधानमन्त्री पदको उम्मेदवार घोषण गरेको छ । उक्त बैठकमा नेता अडवाणी सहभागी नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बैठकमा स्वास्थ्यस्थिति ठिक नभएका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयी र असन्तुष्ट अडवाणी बाहेक सबै सदस्यहरु उपस्थित थिए ।

प्रधानमन्त्री पदको उम्मेदवार घोषित भएपछि मोदीले आगामी आम निर्वाचनमा भाजपालाई विजयी बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिएका छन् । उनले सामान्य मानवीय आकांक्षाहरुमा पनि आफू खरो उत्रिने बताए ।

सत्ताधारी भारतीय कांग्रेसले आगामी प्रधानमन्त्रीको नाम औपचारिक रुपमा घोषण नगरेपनि प्रधानमन्त्री मनमोहन सिंहले पार्टीका युवा नेता एवम् उपाध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिने यसअघि नै बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>