थप समाचारशनिबार, भाद्र २९, २०७०

ओडिशामा १४ भारतीय माओवादीको हत्या

हिमालखबर

२९ भदौमा ओडिशा राज्यको मल्कानगिरी जंगलमा भएको मुठभेडमा एक महिलासहित १४ जना माओवादी लडाकुको हत्या भएको प्रहरी निर्देशक प्रकाश मिश्राले पुष्टि गरेको हिन्दुस्तान टाइम्सको अनलाईन संस्करणले जनाएको छ ।

यो क्षेत्र विद्रोही माओवादी प्रभाति छत्तिसगढ राज्यको नजिक पर्छ । गत २५ मेमा भारतीय कांग्रेसका नेताहरुको हत्यामा संलग्न रहेका लडाकुहरु मारिएको समेत भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले चलाएको विशेष अपरेशन अन्तर्गत माओवादीका खोजीमा जंगल पसेका सुरक्षाकर्मी र माओवादीबीच झडप भएको बताइएको छ । प्रहरीले घटनास्थलबाट विष्फोटक पदार्थ, हतियार र गोली बरामद गरेको दाबी गरेको छ ।

घटनालाई प्रहरीले माओवादीविरुद्धको अभियानमा प्रमुख सफलता समेत भनेको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार प्रहरीले अन्य माओवादी पनि त्यसक्षेत्रमा रहेको आशंकामा खोजी अभियान जारी छ ।
केही दिनअघिमात्रै यसैक्षेत्रमा माओवादीले प्रहरीका १५ जवानको हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>