थप समाचारआइतबार, भाद्र ३०, २०७०

बाल विवाहविरुद्ध धर्मगुरुहरूसँग गोल टेबल बैठक सम्पन्न

हिमालखबर

युनिसेफ नेपाल र महिला हिंसाविरुद्ध अन्तर धार्मिक सञ्जालले ३० भदौमा राजधानीमा बाल विवाह र धर्म विषयक गोल टेबल बैठक आयोजना गरेको हो । बैठकमा हिन्दु धर्मका रामचन्द्र भण्डारी, बुद्ध धर्मका भिक्षु धर्म मुर्ति, मुस्लिम धर्मका नदरुल हुसेन र क्रिश्चियन धर्मका तर्फबाट केबी रोकायले सहभागिता जनाएका थिए । सबै धर्मगुरुहरूले कुनै पनि धर्मले बालबिवाह गर्नु नभनेको तथा संस्कार र परम्पराको नाम बालविवाह भईरहेको छ भने पनि तुरुन्तै रोक्नुपर्ने धारणा राखेका थिए ।

गोल टेबल बैठकमा तिलक पौडेल, सिर्जना गुरुङ, नरु निशा खातुन, पुजा यादव, सुरेश हर्मा लोहार र अलिसा केसीले बालबालिकाको प्रतिनिधित्व गरेका थिए । उनीहरूले धर्मगुरुहरूसँग विवाह बारे धर्मशास्त्रमा भएका प्रावधान तथा बालविवाह रोक्न धर्मगुरुहरूले निभाउनु पर्ने भूमिकाको विषयमा प्रश्न तथा सुझाव दिएका थिए ।

नर्वेजियन राजदुत आल्फ आर्नी रामस्लिनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युनिसेफका नेपाल प्रतिनिधि हाना सिङ्गर, रुपा जोशी, सञ्जालकी अध्यक्ष सिमा खातुन, नरेन्द्र पाण्डे, क्याथरिन ब्रिन कामकंगलगायतले बालविवाह रोक्न धर्मगुरुहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>